यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

१७ जेष्ठ २०७८, सोमबार १६:११

काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँ, एचआईडीसीएलको ३२ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७१ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३० करोड ६६ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको २७ करोड ५ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, अपी पावरको २४ करोड ७९ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २४ करोड ४२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*