यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१७ जेष्ठ २०७८, सोमबार १६:१८

काठमाडौं । सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो।राधी विधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९ दशमलव ९१ प्रतिशतले बढेको छ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। नेपाल हाइड्रो र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतको दरले गुमाएका छन ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*