एनआईसी एशिया लघुवित्तले दियो ग्राहकहरुलाई ब्याजमा छुट

१७ जेष्ठ २०७८, सोमबार १६:४२

काठमाडौं । एनआईसी एशिया लघुवित्तीय संस्थाले ग्राहकरुलाई ब्याजमा छुट दिएको छ । संस्थाले यस विषम् परिस्थितिमा आफ्ना ग्राहकहरुलाई १५ लाख १८ हजार २ सय २ रुपैयाँ ४७ पैसा ब्याजमा छुट दिएको हो ।

संस्थाले सरकारले लगाएको लकडाउनको समयमा सेवाग्राहीहरुलाई केही मात्रामा भएपनि राहत होस् भन्ने हेतुले वैशाख मसान्तसम्ममा भुक्तानि गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) सोही महिनाको २४ गते देखि ३१ गते सम्ममा बुझाएमा ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने योजना रहेको थियो ।

उक्त योजनाअनुसार संस्थाले सोही समयभित्र बक्यौता रकम तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले तोकिएको अवधिभित्र बक्यौता बुझाएकोमा छुट प्राप्त गरेको छ । साथै यस योजनामा सहभागी भएवापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७÷– छुट पाएको र ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा नै जम्मा गरिसकेको संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*