आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
१७ जेष्ठ २०७८, सोमबार १७:२८

काठमाडौं । आइएमई लाइफ इन्सयोरेन्स कम्पनीले ताप्लेजुङ शाखाले कोभिड महामारीको समयमा बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीले आईतबार मेरिङ्देन गाउँपालिका–५ का विमित स्व. पेमाखाङ्डु शेर्पाकी श्रीमती पासाङ फुटि शेर्पालाई ५ लाख ६ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।
स्व.बीमीत पेमाखाङ्डु शेर्पाले बर्ष दिन अगाडी कम्पनीमा पाँच लाख रुपैयाँको बीमा गरेका थिए । उनको २०७७ कात्तिक ८ गते निधन भएको थियो।उक्त कार्यक्रममा वडासदस्य छिरिङ शेर्पा, आइएमई लाईफका सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, सूर्य गुरुङ, एजेन्सी मेनेजर गोपाल मगर लगायतको उपस्थितिमा रहेको थियो ।