एसईई परिक्षा सञ्चालन नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कनबाटै पास गरिने

१८ जेष्ठ २०७८, मंगलवार ०७:०९

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको एसईई परिक्षा नलिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले एईई परिक्षा नलिने परिक्षाको साटो विद्यालयहरुले आन्तरिक मूल्याङ्कनबाटै पास फेल निर्धारण गर्ने गत वर्षकै विधि पास गरेको छ ।

हिजो राति अबेर सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको नतिजा विद्यालयहरुले मूल्याङ्कन गरेर परिक्षा नियन्त्रण केन्द्रमा पठाउने र सोही बमोजिमको व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस वर्ष करिब चार लाख विद्यार्थीहरु गत वर्ष जस्तै परिक्षा नदिई एसईई उत्तिर्ण हुने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*