सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१८ जेष्ठ २०७८, मंगलवार १२:१७

काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । लगातार रुपमा सुन र चाँदीको भाउ बढ्दै गइरहेको छ । आज मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो भने अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*