आईपीओ निष्काशन प्रस्ताव सहित सानिमा लाइफको साधारण सभा आह्वान

१८ जेष्ठ २०७८, मंगलवार १२:४८

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ ।

सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६÷ ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ। केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।कम्पनीले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*