चार बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सहमति

१८ जेष्ठ २०७८, मंगलवार १४:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ । चार वटा बैंक तथा वित्तीय संस्थाहरु अबको केही दिनमा मर्जरमा जाने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकको आज मंगलबार बसेको बोर्ड बैठकले हिमालयन बैंक–इन्भेष्टमेन्ट बैंक र नवील बैंक–यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच वैशाख ३० गते मर्जर सम्झौता भएको थियो भने नबिल बैंकले यूनााईटेड फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्ने गरी वैशाख १७ गते सम्झौता भएको थियो ।

राष्ट्र बैंकका अनुसार एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*