उपत्यकामा ‘सीजी नेट’ सूचारु, अरुभन्दा आधा सस्तो मूल्य

१८ जेष्ठ २०७८, मंगलवार १४:२८

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा चौधरी ग्रुप सीजी कम्युनिकेसन्सले आज मंगलबारबाट इन्टरनेट सेवा सूचारु गरेको छ ।

सीजी कम्युनिकेसन्सले इन्टरनेटको गतिमा सुधार ल्याउन र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने जानकारी गराएको हो । ग्रुपका अनुसार बजारमा अन्य इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा नै सो नेट प्राप्त गर्न सकिने जानकारी समेत गराएको छ ।

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यवसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउँछ । उपत्यकाका तीन जिल्लाबाट सुरु गरिएको ‘सीजी नेट’ देशैभर विस्तार गर्ने सीजीको योजना रहेको छ । साथै भविष्यमा आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

निषेधाज्ञाको समयमा अनलाईन कक्षा, विभिन्न गुगल जुम मिटिङ, भिडियो, ओटीटी प्लेटफर्म साथै अनलाईन सम्बन्धि विभिन्न कार्यहरु यो समयमा हुने भएकोले यसको बढ्दो प्रयोग र माग सम्बोधन गर्न सीजीले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको जानकारी गराएको हो ।

सीजीका अनुसार सुरुवातमा उपत्यकाका तीन जिल्लाबाट यो नेट सुरु गरिएको छ । ललितपुर जिल्लामा यो सेवा जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले लिन सक्नेछन् । उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ एक वर्ष भित्रमा विस्तार हुने जनाएको छ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ ।

सीजीका ग्राहक सेवा केन्द्रहरू हालका लागि उपत्यकाका विभिन्न क्षेत्रहरु जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने सीजीले जनाएको छ । साथै २०७८ को अन्त्यसम्ममा देशभरी ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य रहेको सीजीले जानकारी गराएको छ ।

सीजीका अनुसार वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*