शिखर इन्स्योरेन्सद्वारा ३० प्रतिशत हकप्रदको लागि बिक्री प्रबन्धक नियुक्त

१८ जेष्ठ २०७८, मंगलवार १५:००

काठमाडौं । नेपालकै ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले थप जोखिम धारणको लागि पुँजि बृद्धि गर्ने उद्देश्यले हकप्रद निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सको तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*