आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, लगानीकर्ताको ध्यान तानेको १० कम्पनी कुन कुन हुन ?

१८ जेष्ठ २०७८, मंगलवार १५:१९

काठमाडौं । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर भन्दा धेरै रुपैयाँको कारोबार भएको छ । रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी आज शीर्ष स्थानमा पुगेका छ । सो कम्पनीको आज एकै दिन ५७ करोड आठ लाख १५ हजार ७८२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा दोस्रो नम्वरमा लुम्बिनी विकास बैंक परेको छ । सो बैंकको ३० करोड ३३ लाख ७८ हजार ४५३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, राधी जलविद्युत कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयर १६ करोड ५१ लाख रुपैयाँको बिक्री भएको छ ।


त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै ज्योति विकास बैंकको १५ करोड, अरुण कावेली हाइड्रोपावरको १५ करोड, हाइड्रोइलेक्ट्रिसीटीको १५ करोड र नेपाल निफ्राको १५ करोड रुपैयाँ र चिलिमे जलविद्युतको १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*