कारोबार आधा घट्दा नेप्से ११ अंकले तल झर्यो

१८ जेष्ठ २०७८, मंगलवार १५:२६

काठमाडौं । आज नेप्से ११ दशमलव ६८ अंकले घटेको छ । नेप्से ११ अंकले घटेर २७७१.१५ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से उच्च अंकले गिरावट आएको हो ।

आज २१६ कम्पनिले १ करोड ९७ लाख ८२ हजार ३५४ कित्ता शेयर किनबेच गर्दा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ । सोमबार २१८ कम्पनिको शेयर किनबेच हुँदा १३ अर्ब माथिको कारोबार भएको थियो ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज तीन समूहको कारोबार बढेको छ । सबैभन्दा उच्च कारोबार गर्ने समूहमध्ये विकास बैंक समूहको रहेको छ । उक्त समूहमा सर्वाधिक २१.४१ अंकले बढेर कारोबार भएको हो । त्यसलगत्तै अन्य समूहमा १४.७१ अंक र वित्त समूहमा १.८८ अंकले बढेर हरियाली छाएको छ ।

त्यसबाहेकका अन्य दश समूह भने आज राताम्य भएका छन् । बैकिङ समूहमा ११ं.७६ अंक, व्यापार समूहमा ९३.५९ अंक, होटल तथा पर्यटन समूहमा ९१.१६ अंक, जलविद्युत् समूहमा २८.३८ अंक, निर्जीवन समूहमा १२३.९९, उत्पादन तथा प्रशोधन समूहमा ३९.०१ अंक, लघुवित्त समूहमा १७.६८ अंक, जीवन बीमा समुहमा १७६.६७, म्युचुअ फण्डमा ०.०१ र लगानी समूहमा ०.६६ अंकले गिरावट आई राताम्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*