आइएमई जनरल इन्स्योरेन्सले जुमबाट अभिकर्ता तालिम संचालन गर्ने

१८ जेष्ठ २०७८, मंगलवार १६:३७

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार २ गतेदेखि ४ गतेसम्म उक्त तालिक (जुम मार्फत) संचालन गर्ने भएको हो ।

उक्त तालिममा भाग लिन इच्छुकले असार १ गतेसम्म इमेल मार्फत आवेदन दिन सक्ने छन् । तालिममा भाग लिनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी हुनु पर्ने कम्पनीले सूचना मार्फत जनाएको छ ।

उक्त तालिममा सहभागी हुन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, इमेल तथा मोबाइल नम्बर तथा स्थायी लेखा नम्बर समेत गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले तालिम दस्तुर ५ सय रुपैयाँ लाग्ने जनाएको छ। उक्त रकम सानिमा बैंैकको खाता नम्बर र आइएमई पेको वालेट मार्फत पनि गर्न मिल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*