नेशनल लाइफ नारायणगढ शाखाद्वारा १०० विपन्नलाई परिवार खाद्यान्न सहयोग

१८ जेष्ठ २०७८, मंगलवार १७:४०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा चितवनले कोभिड– १९ बाट प्रभावित दैनिक ज्याला मजदुरी गर्दै आएका राप्ती नगरपालिका वडा नं ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर उपशाखा चितवनको समन्वयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाले एक लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । कोभीड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण घर बाहिर निस्कन नपाई खाद्यान्न सकिएर बिचल्लीमा परेको सूचनाको आधारमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

नेशनल लाइफ नारायगढ शाखाका प्रबन्धक राम कुमार अधिकारीले राप्ती नगरपालिकाका मेयर प्रभा बराल, वडा नं ७ का अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं ८ का कार्यबाहक अध्यक्ष पूर्ण प्रसाद आचार्य  र वडा नं ९ का अध्यक्ष देवेन लामाको उपस्थितिमा हस्तान्तरण गरिएको हो । राहत वितरण कार्यक्रम सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञाका कारण चुल्होमा आगो बल्न छोडेका ज्याला मदजुरी गर्ने परिवारहरुलाई स्थानीय जनप्रतिनिधि र नेपाल रेडक्रससँग समन्वय गरेर राहत वितरण गरिएको नेशनल लाइफ नारायणगढ शाखाका प्रबन्धक अधिकारीले बीमा पोष्टलाई जानकारी दिए ।

साथै सो अभियानमा साथ दिन आशा लघुवित्त वित्तीय संस्था, खुरखुरे शाखा चितवनले एक क्वीन्टल दालको लागि लाग्ने १२ हजार ७०० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*