आइएमई फाउण्डेशनद्वारा तीन करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

१९ जेष्ठ २०७८, बुधबार ०७:५५

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको संस्था आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

कोरोना महामारीमा सरकारलाई सजिलो बनाउन ति सामग्रीहरु हस्तान्तरण गरिएको आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । संरक्षक ढकाल र फाउन्डेसनका अध्यक्ष तथा हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका गरेका छन् ।

फाउन्डेसनले हस्तान्तरण गरेका सामग्रीहरु गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई २० थानका दरले सहयोग गरेको हो ।

त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट जडान गर्ने कार्य सुरु गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*