आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

१९ जेष्ठ २०७८, बुधबार ११:१४

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुयियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै भाउमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम गरिएकोे महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*