चौधरी ग्रुपको उद्योगमा भिषण आलोलागी, अवस्था नियन्त्रण बाहिर, करोडौंको बीमा दावी पर्ने

१९ जेष्ठ २०७८, बुधबार १२:४१

काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको नवलपरासीस्थित उद्योगहरुमा भिषण आगोलागी भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा रहेको उद्योगको नेपाल आइस बियर उत्पादन गर्दै आएको सन गोल्ड ब्रुअरीको मुख्य प्लान्ट र गोदाममा आगलागी भएको जनाइएको छ । आज बिहान साढे ८ बजेदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । चार घण्टादेखि आगो निभाउन अथक प्रयासहरु भइरहेको सो कम्पनीले जनाएको छ ।

नवलपरासीस्थित उद्योगग्रामभित्र आगो लागेको हो । स्थानीय दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास असफल भएपछि आगोलागीबाट जोगाउन जोडिएका भवनहरु भत्काउन थालिएको छ ।

घटनामा करोडौं रुपैयाँको बीमा दावी पर्ने भएको छ । उक्त कम्पनीको बीमा कुन कम्पनीमा गरिएको हो भन्ने खुलिसकेको छैन । सन गोल्ड ब्रुअरी अर्बौ रुपैयाँ लगान गरिएको उद्योग हो । सो उद्योगले ऋण समेत लिएकोले बीमा गरिएको र आगोलागी घटनाको ठूलो रकम बीमा दावी पर्ने चौधरी ग्रुप सम्बद्ध एक कर्मचारीले बीमा पोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*