पुँजिबजारले अत्यावश्यकको मान्यता पाएन, बीमालाई पूर्ववत अत्यावश्यकमा समेटियो

१९ जेष्ठ २०७८, बुधबार १३:१२

काठमाडौं । नेपाल सरकारले राजपत्रमार्फत थप ९ वटा अत्यावश्यक सेवाहरु थप गरेको छ । यही जेठ १७ गतेको मितिमा नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यकको सूचिमा यसअघि प्रकाशन भएको १८ वटामा ७ वटा क्षेत्र थप गरिए पनि पुँजि बजारले अत्यावश्यक सेवाको मान्यता पाउन सकेको छैन ।

२०७३ साल माघ १७ गते तत्कालिन नेपाल सरकार गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीको नाममा प्रकाशित राजतपत्रमा औषधी, प्रेस, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सम्बन्धी सेवा, सञ्चार, दुरसञ्चार तथा डाँक सम्बन्धी सेवा, पेट्रोलियम ढुवानी सेवा, दैनिक खाद्यान्न तथा तरकारी ढुवानी सेवालगायतका १८ वटा क्षेत्रलाई अत्यावश्यक सेवामा समावेश गरेको थियो ।

उतिबेला पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल रोक्न सरकारले ल्याएको उक्त अत्यावश्यकको सूचि अहिले कोरोना महामारीमा सडकमा यात्रा गर्न सुरक्षा निकायसँग समन्वय गर्न सहज बनाउने उद्देश्यले परिमार्जन गरिएको हो ।

परिमार्जन गरिएको नयाँ अत्यावश्यक सेवामा बीमा, बैंक तथा पुरानो १८ वटा क्षेत्रलाई यथावत राखी भेटेरीनरी, मास्क, स्यानिटाइजर, कन्सुलर विभागको सेवा, राहदानी विभागको सेवा, इन्टरनेट सेवा, मौषम पूर्वानुमान सेवालाई थप गरिएको हो । भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न गत वर्षको चैत्रमा नै सर्वोच्च अदालतले आदेश दिएको भएपनि सरकारले बल्ल उक्त सूचि संशोधन गरेको हो ।

अत्यावश्यक सेवामा हड्ताल गर्न नपाउने कानुन यसअघि नै सरकारले बनाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*