१३ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा, निषेधाज्ञा पछि लगातार निष्काशन गरिने 

१९ जेष्ठ २०७८, बुधबार १३:३८

काठमाडौं । सर्वसाधारणहरुको आईपीओ प्रति चाख बढ्दै जाने क्रममा १३ हाइड्रोपावर कम्पनीहरुले साधारण (आईपीओ) निष्काशनको तयारी थालेका छन् ।

नेपाली पुँजी बजारमा सो कम्पनीहरुले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । उक्त १३ हाइड्रोपावर कम्पनीले ५ करोड ४९ लाख ११ हजार ६५५ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन् ।

अरु कम्पनीहरुको जस्तै सो कम्पनीहरुको शेयर प्रतिकित्ता एक सय रुपैयाँको दरले आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनको लागि आवेदन दिने जलविद्युत कम्पनीमा साहस उर्जा लिमिटेड, सयपत्री हाइड्रो पावर, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड, बृुद्ध भूमि नेपाल हाइड्रोपावर, ग्रीन भेन्जर कमपनी, मैलुङ खोला जलविद्युत कम्पनी, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रो पावर लिमिटेड, विन्धवासिनी हाइड्रोपावार, सामलिङ पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी रहेका छन् ।

पछिल्लो समय सर्वसाधारणको आईपीओप्रति क्रेज बढिरहेको समयमा १७ लाख भन्दा बढि हितग्राही खाता रहेका छन् । यी १३ हाइड्रोपावर कम्पनीहरु आवेदन पश्चात धितोपत्र बोर्डको शेयर निष्काशनको अनुमतिको पर्खाइमा रहेका छन् । सेबोनले यी १३ कम्पनीहरुको पूर्ण विवरण सार्वजनिक गर्दै आईपीओ निष्काशन जारी गर्ने तयारीमा रहेको जानकारी गराएको हो ।

निषेधाज्ञा खुल्ने वित्तिकै आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउने धितोपत्र बोर्डले जानकारी गराएको छ । साथै बोर्डका अनुसार जलविद्युत कम्पनी बाहेकका धेरै कम्पनीले आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् ।

 

कुन कम्पनीको कति पूरा विवरण ः 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*