भोलिबाट बीमा कम्पनीका शाखा र बैंकहरु खुल्ला गर्ने चितवन प्रशासनको निर्णय

१९ जेष्ठ २०७८, बुधबार १३:३९

चितवन । कोरोना महामारीका कारण लामो समयदेखि निषेधाज्ञाको मारमा परेका चितवनका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयहरु यही जेठ २० गतेबाट खुल्ला हुने भएका छन् । आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जारी निषेधाज्ञा भोलिबाट केही खुकुलो बनाउने निर्णय गरेको हो ।

सो अनुसार भोलिबाट बीमा कम्पनीका शाखा कार्यालयहरु सीमित मात्रामा कर्मचारी खटाएर खुल्ला गर्न पाइने भएको छ । त्यस्तै, बैंकका तथा विकाश बैंकका शाखा कार्यालयहरु समेत सीमित कर्मचारीबाट खुल्ला गर्न पाइनेछ । त्यस्तै, सहकारीलाई समेत भोलिबाट खुल्ला गर्न अनुमति दिइएको छ ।


प्रमुख जिल्ला अधिकारीको आदेशमा बैंक तथा वित्तीय संस्थाका एटिएम बुथहरु २४ सै घण्टा खुल्ला राख्नुपर्ने भनिएको छ । चितवनमा जारी निषेधाज्ञा भोलिबाट केही खुकुलो बनाइएको छ । जस अनुसार विहान ६ः०० बजेदेखि ९ बजेसम्म तरकारी, बिऊ बिजन, मल, दुध डेरी, खुल्ला गर्न पाइनेछ । त्यस्तै खाद्यान्न खरिदका लागि साताको ३ दिन आइतबार, मंगलर र बिहिवारको दिन विहान ६ः०० बजेदेखि ९ः०० बजेसम्मको लागि तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*