मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्ग रेमिट्यान्स सेवा थप

१९ जेष्ठ २०७८, बुधबार १४:०६

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा थप गरेको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् ।

ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स”मार्फत् सोझै नगदवा बैकको खातामाजम्मागर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न पाउने छन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*