निषेधाज्ञा ११ दिन थप, जेठ २१ गतेबाट बीमा कम्पनी र बैंकका शाखा कार्यालयहरु खोल्न दिने निर्णय

१९ जेष्ठ २०७८, बुधबार १४:५४

काठमाडौं । उपत्यका प्रशासनले आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकाका बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्न दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो । औपचारिक निर्णय केहीबेरपछि आउदैछ ।

साथै काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई ११ दिन थप गर्ने निर्णय गरेको छ । यसअघि जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर जेठ ३१ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि जेठ १३ गतेदेखि एक साताको लागि जारी निषेधाज्ञा भोलि रातिबाट सकिदैछ ।
नयाँ व्यवस्था अनुसार जेठ २१ गतेबाट काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु एक तिहाई कर्मचारी राखेर खुल्ला गर्नुपर्नेछ ।

गत बैशाख २९ गतेबाट अर्को सूचना जारी भएसम्मको लागि बन्द गरिएको बीमा कम्पनीका शाखा कार्यालयहरु पर्सी जेठ २१ गते शुक्रबारदेखि आंशिक रुपमा खोल्न पाउने भएका छन् । बीमा सेवा प्रभावित हुँदा बीमा नविकरण, बीमा शुल्क भुक्तानी तथा बीमा दावी भुत्ताmनी समेत अबरुद्ध हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*