यी हुन नेप्सेमा आज सर्वाधिक कारोबार भएका कम्पनी, नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता

१९ जेष्ठ २०७८, बुधबार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक रेडर्क राख्न सफल भएको छ । लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बनेका कारण नेपाल पुनर्बीमा कम्पनीको अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । अन्तिम कारोबार मूल्य १७९० रहेको कम्पनीको मूल्य आगामी दिनमा उच्च अंकले बृद्धि हुनसक्ने देखिएको छ ।

बुधबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा निर्धन उत्थान बैंक दोस्रो स्थानमा परेको छ । सो कम्पनीको ३३ करोड ४५ लाख ८४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ३२ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै ज्योति विकास बैंकको २३ करोड रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा पाँचौं नम्वरमा पर्न सफल भएको छ ।


त्यस्तै, एशियन लाइफको २१ करोड ७८ लाख शेयर कारोबार हुँदा आजै शिखर इन्स्योरेन्स कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएका छ । त्यस्तै मन्जुश्री फाइनान्स, राधी जल विद्युत र गरिमा विकास बैंकको क्रममा १७ करोड २६ लाख, १७ करोड २ लाख र १६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*