केन्द्रीय कार्यालय खुलेपनि बीमा सेवा जेठ ३१ गतेसम्म बन्द, उपत्यका प्रशासनले गर्यो यस्तो निर्णय

१९ जेष्ठ २०७८, बुधबार १६:३९

काठमाडौं । उपत्यकाका प्रशासनले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने औपचारिक निर्णय गरेको छ । सो अवधीमा बीमा कम्पनीको कन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट सुचारु राख्ने अनुमति दिएपनि बीमा सेवा प्रवाहमा भने रोक लगाएको छ । अर्थात बीमा कम्पनी खोलेर आन्तरिक प्रशासन चलाउन पाउनेछ, डिजिटल माध्यमबाट बीमाका सबै काम गर्न पाइनेछ । तर, सर्वसाधारण बीमा सेवा लिन भनेर सडकमा हिड्न नपाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले आज जारी आदेश अनुसार बीमा कम्पनीका केन्द्रीय कार्यालयहरु खोल्न दिइए पनि शाखा कार्यालयहरु भने खोल्न नदिने भएको छ ।

हिजोदेखिको जारी छलफलमा बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयहरु थप खोल्न दिने पक्षमा लगभग सहमति भएपनि अन्तिम अवस्थामा बीमा कम्पनी, सार्वजनिक संस्थान तथा अत्यावश्यक बाहेकका सरकारी कार्यालय जेठ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको भनाई छ ।

काठमाडौं प्रशासनको निर्णय अनुसार बीमा ससिति, बीमा कम्पनीको कन्द्रीय कार्यालय तथा नेपाल धितोपत्र बोर्डको कार्यालय २० प्रतिशत जनशक्तिबाट आलोपालो प्रणाली अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

नयाँ आदेश अनुसार उपत्यकामा जारी निषेधाज्ञा आगामी जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । त्यस्तै तरकारी, डेरी, किराना पसल, खाद्यान्न पसल, ग्रोसरी समेत विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न पाइने भएको छ । त्यस्तै वक्र्सशपहरु राति ९ बजेदेखि विहान ६ बजेसम्म खोलेर मर्मत गर्ने कार्य गर्न पाइने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*