नेप्सेमा सूचिकृत १६ कम्पनीले सम्पन्न गरे लाभांश सम्बन्धी निर्णय, शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको लाभांश कति ?

१९ जेष्ठ २०७८, बुधबार १९:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म १६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् भने बाँकी दुई कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न बाँकी छ । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन लगायतका कामबाट वित्तीय विवरण तयार पार्न ढिलाई हुँदा लाभांश घोषणा र साधारणसभामा ढिलाई हुने गरेको छ । युनाइटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेकोले आर्थिक वर्ष २०७६।०७७ को लाभांश बारे निर्णय भएको छैन ।

नेप्सेमा सूचीकृत १८ निर्जिवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी लाभांश वितरण गर्न सफल भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले २७ दशमलव २२ प्रतिशत बोनस र १ दशमलव ४६ नगदसहित कूल २९ दशमलव २३ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

लाभांशको आधारमा नेको इन्स्योरेन्स दोस्रो नम्वरमा परेको छ । सो कम्पनीले नेको इन्स्योरेन्सले १६ दशमलव ३२ प्रतिशत लाभांश दिएको छ । त्यस्तै, तेस्रो नम्वरमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । सो कम्पनीले १५.७८ प्रतिशत कूल लाभांश दिएको छ । चौथोमा सगरमाथा इन्स्योरेन्स परेको छ । सो कम्पनीले ११.५७ प्रतिशत बोनस शेयर सहित लाभांश दिएको छ ।


त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ११ दशमलव ०५ प्रतिशत नगद लाभांश दिएको छ । नेपालमा सञ्चालित बीमा कम्पनी मध्ये राम्रो लाभांश दिएर बोनस शेयर नदिई नगदै दिने कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी हो । त्यस्तै प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने भएको छ भने एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत लाभांश गरी १० प्रतिशत लाभांश घोषणा गरेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर पाँच प्रतिशत नगद लाभांश दिदैछ ।

एभरेष्ट इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्सले समान ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएका छन् । आइएमई जनरल इन्स्योरेन्सले ७ दशमलव ३७ प्रतिशत तथा हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत गरि ६ दशमलव ७५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

साधारणसभा गरिसकेका अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न भइसकेको छ । कम्पनीले गत आर्थिक वर्ष आर्जित मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छैन । जनरल इन्स्योरेन्सले लाभांश नदिने निर्णय गरिसकेको छ । कम्पनीको यही बैशाख २६ गतेका लागि बोलाइएको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । उक्त साधारणसभामा आव २०७६।०७७ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव भएपनि लाभांश दिने प्रस्ताव छैन । त्यस्तै यही जेठ ११ गते साधारणसभाको मिति तय भई कोभिडका कारण स्थगित भएको सानिमा जनरल इन्स्योरेन्स कम्पनीले लाभांश दिने निर्णय गरेको छैन ।

नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सले लाभांश सम्बन्धी निर्णय गरेको छैन । राष्ट्रिय बीमा कम्पनीको धेरै वर्षदेखिको लाभांश बाँकी छ भने युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०७५।०७६ को साधारणसभा गत माघमा सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*