ज्योति ग्रुपद्वारा दुई करोडको सामग्री हस्तान्तरण

१९ जेष्ठ २०७८, बुधबार २२:२१

काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले कोभिड महामारीमा जुधिरहेको सरकारलाई दुई करोड रुपैयाँको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

ज्योति ग्रुपले आज जनाए अनुसार नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत बापत प्रदान गरिएको छ । क्रियसन नेपाललाई पाँच लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सो ग्रुपले गंगालाल अस्पताललाई ५ लाखको पीएपीआर सुट प्रदान गरेको कम्पनीले जनाएको छ । जर्मन अक्सिजन प्लान्टका लागि राष्टि«य व्यवसायी पहल एनबीआईलाई १५ लाख र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभियरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रुपैयाँ रकम सहयोग उपलब्ध गराएको कम्पनीले बताएको छ ।

सबै गरी कूल दुई करोड रुपैयाँ महामारीमा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको समेत कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*