ज्योति लाइफका बीमित र अभिकर्ताले एपबाटै सबै विवरण पाउने, कम्पनी र अभिकर्ता झनै नजिक

२० जेष्ठ २०७८, बिहीबार ०८:२५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध बीमा अभिकर्ताहरुले अब मोबाइलमा एपबाटै आफ्ना बीमित तथा आफ्ना बारेमा सम्पूर्ण विवरणहरु प्राप्त गर्ने भएका छन् । अभिकर्ता मात्रै नभई बीमित, तथा कम्पनीमा कार्यरत कर्मचारीहरुले समेत बीमित अभिकर्ताहरुको बारेमा आवश्यक तथ्याङ्कहरु आफ्नै मोबाइलबाट प्राप्त गर्ने सक्ने भएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एपलाई अझै परिस्कृत गर्दै अब बीमा अभिकर्ताहरुको लागि विशेष रुपमा स्मार्ट रुपमा तयार पारिएको कम्पनीका आईटी प्रमुख निरञ्जन रेग्मीले बताए ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका आईटी प्रमुख निरञ्जन रेग्मीका अनुसार एन्ड्रोइड र आईफोन दुबै मोबाईल डाउनलोड गर्न मिल्ने, नेपाली तथा अङ्ग्रेजी भाषामा उपलब्ध भएकोले ज्योति लाइफ एप बीमा अभिकर्ता र बीमित दुवैका लागि अति नै उपयोगी रहेको छ । बीमितिहरुले आफ्नो बीमा पोलिसीको नविकरण मिति थाहा पाइने, बीमा शुल्क भुक्तानी गरेपछि स्वतः अपडेट हुने हुँदा बीमितिहरुको लागि समेत निकै महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, बीमा अभिकर्ताहरुको लागि झनै उपयोगी रहेको छ । बीमा अभिकर्ताहरुहरुलाई आफ्ना बीमितहरुको सम्पूर्ण विवरण प्राप्त हुनेछ । एजेन्सीहरुलाई आफू मातहतका बीमा अभिकर्ताहरुले कटाएको पोलिसी, उनीहरुको नविकरणको अवस्था थाहा पाइने हुँदा एजेन्सीलाई समेत निकै उपयोगी हुने गरी ज्योति लाइफको एपले काम गर्ने कम्पनीले जनाएको छ ।

बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सूनाहरुको समेत त्यहाँबाट थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको एपभित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरिएकोे र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमा शुल्क गणनाको प्रोपोजल पठाउन रसेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

बीमा अभिकर्ता तालिम तथा अन्य विभिन्न स्कीमहरुको जानकारी अब एपबाटै प्राप्त हुने हुँदा अभिकर्ता र कम्पनीका बीचमा डिजिटल रुपमा झनै नजिक भएको कम्पनीले विश्वास लिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*