अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

२० जेष्ठ २०७८, बिहीबार ११:२०

काठमाडौं । अपि पावर कम्पनीले आजदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको बुक क्लोज वैशाख २९ गते भइसकेको छ।

उक्त हकप्रद शेयरमा लगानीकर्ताले असार ९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।हकप्रद बिक्रीपपश्चात् कम्नीको चुक्ता पुँजी २ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*