प्रथम बीमा शुल्कमा रिलायबल नेपाल लाइफको छलाङ्, नेपाल लाइफको अग्रता कायमै

निषेधाज्ञाभित्रै जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा पाँच अर्ब १३ करोड कूल बीमा शुल्क संकलन (तथ्याङ्कसहित)
२० जेष्ठ २०७८, बिहीबार १२:५३

काठमाडौं । कोरोना महामारीका बीचमा सरकारले जारी गरेको निषेधाज्ञाकै बीचमा जीवन बीमा कम्पनीहरुले पाँच अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार बैशाख महिनामा १९ वटा जीवन बीमा कम्पनीले एक अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका छन् भने तीन अर्ब ४३ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन भएको छ । जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रमथ बीमा शुल्कले नेपालमा जीवन बीमाको व्यवसाय उत्साहप्रद रहेको देखिएको छ ।

लकडाउनको अवधीमा बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क आर्जन मार्फत आफनो व्यवसायलाई चलाईरहेको बीमा समितिको तथ्याङ्कले देखाएको छ । सरकारले बैशाख १७ गतेदेखि राजधानी काठमाडौंमा औपचारिक रुपमा निषेधाज्ञा जारी गरेपनि त्यसअघि नै देशका अधिकांश जिल्लाहरुमा कडाई सुरु भइसकेको थियो । निषेधाज्ञाका बीचमा प्रथम बीमा शुल्क संकलन गरी बीमा व्यवसाय जारी राख्ने कम्पनीमा नेपाल लाइफ पहिलो स्थानमा छ भने यस पटक चमत्कारिक रुपमा युनियन लाइफ दोस्रो स्थानमा आएको छ । सो कम्पनीले अन्य प्रतिस्पर्धी कम्पनीहरुलाई टपेर दोस्रो स्थानमा आएको हो ।

हाल बीमा कम्पनीका केही कार्यालयहरु आंशिक रुपमा संचालित छन् । यद्यपि सबै बीमा कम्पनीहरुका डिजिटल कार्यालय भने नियमित सञ्चालनमा छन् । बीमा कम्पनीहरुको शाखाहरु बन्द रहेको, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेको तथा अभिकर्तालाई बीमितको घरमा पठाउन नमिलेका कारण बीमा शुल्क आर्जन लगभग शून्य भएको बीमा अधिकारीहरु बताँउछन् ।

रकम रु अर्बमा, तथ्याङ्क स्रोतः बीमा समिति

प्रथम बीमाशुल्कको आधारमा
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख महिनामा १ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
बैशाख महिनामा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले बैशाख महिनामा४० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा आएको छ । सो कम्पनीले १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १७ करोड रुपैयाँ, सानिमा लाइफले १३ करोड रुपैयाँ, मेट लाइफले १२ करोड रुपैयाँ, एलआईसी नेपाल इन्स्योरेन्सले ९, ज्योति लाइफले ९ करोड रुपैयाँ, यूनियन लाइफले ८ करोड रुपैयाँ, सिटिजन लाइफले ८ करोडल रुपैयाँ, रिलायन्स लाइफले ६ करोड रुपैयाँ, सूर्या लाइफले ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
बैशाख महिनामा एशियन लाइफले ४ करोड रुपैयाँ, प्राइम लाइफले ४ करोड रुपैयाँ, आइएमई लाइफले ४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ करोड रुपैयाँ प्रभु लाइफले ३ करोड रुपैयाँ, गुरास लाइफले २ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नविकरणको आधारमा
बैशाख महिनामा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल तीन अर्ब अर्ब ४३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नविकरण बीमाशुल्क आर्जनमा पनि नेपाल लाइफको अग्रता नै कायमै रहेको छ ।

नेपाल लाइफले एक अर्ब ७ करोड रुपैयाँ नविकरण बीमा शुल्क संंकलन गरेको छ । नविकरण बीमा शुल्कको आधारमा एलआईसी नेपाल लाइफ दोस्रो स्थानमा र हँदै ५३ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले ३४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २४ करोड रुपैयाँ, एशियन लाइफले २२ करोड रुपैयाँ, मेट लाइफले २१ करोड रुपैयाँ, यूनियन लाइफले १७ करोड रुपैयाँ, प्राइम लाइफले १३ करोड रुपैयाँ, सूर्या लाइफले ९ करोड रुपैयाँ, सिटिजन लाइफले ८ करोड रुपैयाँ, गुराँस लाइफले ७ करोड रुपैयाँ, ज्योति लाइफले ६ करोड रुपैयाँ, रिलायन्स लाइफले ५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ करोड रुपैयाँ, आइएमई लाइफले ४ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ करोड रुपैयाँ, सानिमा लाइफले २ करोड रुपैयाँ, प्रभु लाइफले २ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*