जनरल इन्स्योरेन्सको बर्दिबास शाखा प्रमुख सत्यालको कोरोना संक्रमणबाट निधन

२० जेष्ठ २०७८, बिहीबार १४:५५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित भई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण घटेर सामान्वय बेडमा सारिसकेपछि आज विहान निधन भएको कम्पनीले जनाएको छ ।

कुशल कार्य क्षमता भएका सत्यालको निधनमा सिंगो जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु स्तब्ध हुन पुगेका छन् । कोरोना भाइरसको दोस्रो लहरले बीमा क्षेत्रमा ठूलो क्षति पुगेका छ । हालसम्म २१ जना बीमा अभिकर्ता, चार जना कर्मचारीको निधन भइसकेको छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्सको काठमाडौंको स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*