ऐतिहासिक रेकर्डसहित नेप्सेमा उछाल, परिसूचक २८५६ पुग्यो

२० जेष्ठ २०७८, बिहीबार १५:११

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा ऐतिहासिक रेडर्कसहित उछाल आएको छ । समग्र मूल्य परिसूचक २९.५५ अंकले बृद्धि भई नेप्से २८५६.६७ बिन्दु कायम भएको छ । नेप्सले आज नयाँ रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक २८५६ बिन्दुमा नेप्से पुगेको हो ।

बिहिवार एकै दिन १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँको कारोबार भएको छ । कूल २१८ वटा कम्पनीको तीन करोड ३६ लाख ९१ हजार ३१२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बिहिवार व्यापार, जलविद्युत, निर्जिवन बीमा र अन्य सेवा ऋणात्मक भएपनि बैंक, होटल, विकास बैंक, फाइनान्स, जीवन बीमाको उपसूचिकमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*