आज सर्वाधिक कारोबार हुने कम्पनीहरु कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार आज पनि अर्बमाथि

२० जेष्ठ २०७८, बिहीबार १५:२१

काठमाडौंं । नेपाल स्टक एक्सचेन्जमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एकै दिन एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार साताको अन्तिम दुई दिन नेपाल पुनर्बीमाको कारोबार उच्च भएको हो । बिहिवारको सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा छिमेक लघुवित्त कम्पनी परेको छ । सो कम्पनीको एकै दिन ६८ करोड १६ लाख ५० हजार १५९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, तेस्रो नम्वरमा लुम्बिनी विकास बैंकको कारोबार भएको छ । सो कम्पनीको ३५ करोड रुपैयाँको कारोबार भएको छ ।

नेपाल बंगलादेश बैंक पनि आजको सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा चौथो नम्वरमा पर्न सफल भएको छ । सो कम्पनीको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै आज निफ्रामा पनि लागनीकर्ताको ध्यान तानिएको छ । सो कम्पनीको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिभम् सिमेन्टमा पनि लगानीकर्ता तानिएका छन् । सो कम्पनीको ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहिवार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा सानिमा माइ हाइड्रोपावर २९ करोड, ज्योति विकास बैंक २९ करोड, मेगा बैंक २९ करोड कुमारी बैंकको २८ करोड रुपैयाँको कारोबार भएको छ ।

अत्याधिक मात्रामा छलाल आएको नेप्सेमा बिरलै हुने झण्डै १७ अर्ब रुपैयाँको शेयर कारोबार आज भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*