लाभांश पुनःलगानी गर्न एनआईबिएल एस क्यापिटले जारी गर्योे यस्तो सूचना

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना एनआईबिएल सहभागिता फण्डनामक खुलामुखी योजनामा इकाईधनीहरु लाई लाभांशपुनःलगानी योजना मा सहभागि हुन आग्रह गरेको छ ।
कम्पनीले हालसम्म योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई यथासिघ्र सहभागि हुन आग्रह गरिएको छ । यसयोजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको क्यापिटलले जनाएको छ ।
साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिन सम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी गरिन्छ।
क्यापिटलले सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन र योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांशपुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन समते आग्रह गरेको छ।