भोलिबाट साल्ट ट्रेडिङबाट ११०० मै ग्याँस, ६३ रुपैयाँमा चिनि उपलब्ध गराउने, कहाँ–कहाँ पाइन्छ किन्न ?

२० जेष्ठ २०७८, बिहीबार १९:२९

काठमाडौं । सरकारी लगानीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट एक हजार १२० रुपैयाँमा एक सिलिण्डर ग्याँस उपलब्ध गराउने भएको छ ।

आज जारी सूचना अनुसार भोलिदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट समेत प्रति परिवार एक सिलिण्डर ग्याँस एक हजार १२० रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट चिनि प्रतिकेजी ६३ रुपैयाँमै उपलब्ध गराउने भएको छ ।

साल्ट ट्रेडिङ र खाद्य तथा व्यापार कम्पनीले आज सूचना जारी गर्दै सरकारले आव २०७८।०७९ को बजेटमा व्यवस्था भए अनुसार मौज्दात हुँदासम्म २० प्रतिशतमा छुट दिने निर्णय गरेको हो । मौज्दात सकिएपछि भने छुट दिन नसक्ने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनका अनुसार साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको एसटिसी ग्याँस सिलिण्डर बाहकले यस्तो छुट पाउने छन् । अन्य ग्याँस सिलिण्डर बाहकले भने त्यस्तो छुट पाउने छैनन् । बजारमा १४०० रुपैयाँ पर्ने ग्याँस अब ११२० रुपैयाँमै पाइने भएको हो ।

साल्ट ट्रेडिङका अनुसार केन्द्रीय कार्यालय कालिमाटी, चन्द्रागिरीको सतुङ्गल, जावलाखेलको प्रहरी कार्यालय अगाडिको खेल मैदानसँगै, कोटेश्वरमा जडिबुटी नजिकै तथा भक्तपुरको सूर्यबिनायक नजिकै रहेको शाखा कार्यालयबाट सहुलियतका सामग्रीहरु किन्न पाइन्छ । त्यस्तै खाद्य तथा व्यापार कम्पनीको थापाथलीमा रहेको बिक्री केन्द्रसहितका अन्य शाखा कार्यालयबाट उपलब्ध हुनेछन ।


कर्पोरेशनले पिठो प्रतिकेजी ४४ रुपैयाँमा उपलब्ध गराउने छ भने भटमासको तेल १८८ रुपैयाँ प्रतिलिटरमा अधिकतम् २ लिटरका दरले उपलब्ध गराउनेछ । त्यस्तै, नुन प्रतिकेजी १६ रुपैयाँमै उपलब्ध हुनेछ ।

त्यस्तै खाद्य तथा व्यापार कम्पनीले बिक्री गर्ने चालममा २० प्रतिशत छुट दिई उपलब्ध गराउने जनाएको छ । जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनिमा मौज्दात रहदासम्म छुट दिने खाद्य तथा व्यापार कम्पनीले जनाएको छ ।

17 thoughts on “भोलिबाट साल्ट ट्रेडिङबाट ११०० मै ग्याँस, ६३ रुपैयाँमा चिनि उपलब्ध गराउने, कहाँ–कहाँ पाइन्छ किन्न ?

  1. Krishna says:

    Yo subidha rajdhani ma matrai ho ? Mofasal ka janata le chahi kaha jane sahuliyat dar ma khadhyanna kinna?

  2. Krishna says:

    Rajdhani ma matrai ho ? Ki nepal yti mai simit xa

  3. Nar bdr.lama says:

    Sarlahi lal bandi ma pani sakha kholnu paryo hajur sarai khusi lagyo

  4. सञ्जय कुमार says:

    सवारी पास भएका , सरकारी गाडी लाई मा मात्र हिँड्न दिन्छ हामी जस्ता सर्व साधारण ले कहाँ पाउनु हिँड्न त दिदैनन जनता लाई होइन यो सेवा कार्यकर्ता नेता र कर्मचारी लाई मात्र लागु हुने रैछ

  5. Krishna paudel says:

    Dherai ramro kam salut xa hajur

  6. ranju rai says:

    Aru guss ko lagi ni garnu parchh ni.?

  7. arjun tamang says:

    यो त अतिनै राम्रो उर हो तर बौद्ध जोरपाटी बस्नेको लागि चै नजिक पसल कता छ नि

  8. Dn yadav says:

    बिराटनगर मा पनि हो कहानी पाउछ

  9. maiya pandey says:

    Nepal vaneko Ktm matrai ho?Valley bahir ko janata lai you subidha khai?

  10. Manik surana says:

    Sarkar Le budget ma vyavstha gare anusar Nepal bhari sable gas cylinder,chini,chamal, pitho sabaima 20 PC choot paunu parchh, joins bhane budget ko auchitya nai sakinchh

  11. riban basnet says:

    त्यो बाहेकका जिल्लामा के हुनेछ हजुर ?

  12. Sagar dhakal says:

    In which place in daldlae

  13. मनिश तिमल्सिना says:

    हुनेले पो किन्ला नहुनेले । बरु सकिन्छ भने प्रति जिल्ला मा सरकारी खाद्यान्न को सुचारु गर ।रोज्गारी नि दिन सकिन्छ ।तर निकम्मा राजनेता ले कहाँ हुनदिनसक्छ।

  14. बिनोद घिमिरे says:

    यो त सिमित को लागी होला नेपालीको लागी त हैन होला जस्तो लाग्यो।।

  15. Rajendra Tamang says:

    Really nice

  16. प्रकाश आचार्य says:

    कहिले सम्म लाई ्हो अनि कुन कुन गाउँ पालिका मा हो ,कि सहर बजार मा मात्र ,कि पाटी मा झोले कार्यकर्ता जो पास बनाएर बसेका छन् तिनीहरुलाई मात्र हो, हामी त घर बाहिर पनि निस्कीन देको छैन,काहा बाट लिने , हामी लाई त घर घरमा पुर्याइदिनु पर्छ,अनि बल्ल। हो ठिक गर्यो सरकारले ,भन्छौ, नत्र त उहि हो हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो।

  17. प्रकाश आचार्य says:

    यो हुनी खेलो खेती होइन , बास हामी लाई झुक्काएको मात्र हो ।हासो लाग्छ यार सरकार देखेर पनि चाहिने,र पुग्ने पो कुरा गर्नु पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*