सिटिजन्स बैंकका खातावालले बिनाधितो दुई लाख ऋण पाउने, यस्तो छ ऋण लिने प्रक्रिया

२० जेष्ठ २०७८, बिहीबार २१:०८

काठमाडौं । सिटिजन्स बैंकमा तलव खाता खोलेर नियमित आम्दानी भएका सेवाग्राहीले बिनाधितो दुई लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।

एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । सहायक प्रमुख कार्यकारी अधिकृत राजेन्द्रलाल श्रेष्ठले ऋण विभागले तयार पारेको सीमाभित्र रहेर बिनाधितो दुई लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने कार्य औपचारिक रुपमा सुरुवात भएको जानकारी दिए ।

सिटिजन्स बैंकको मोबाइल एपमार्फत सजिलै ऋण लिन पाउने उक्त स्कीमको लागि बटममा थिच्ने वित्तिकै काम गर्ने गरी एफवान सफ्टले सिष्टम तयार पारेको छ । सिटिजन्स बैंकको मोबाइल एपमा सेवाग्राहीले मोबाइल मार्फत नै आफूले कति ऋण पाउने वा नपाउने तत्कालै थाहा हुने एफवान सफ्टले जनाइएको छ ।

विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी योजना सार्वजनिक गरेका छन् । सो अनुसार बैंकमा खाता खोलेको दुई वर्ष पुगेका, नियमित बचत गर्दै आएका, बैंकमा तलव आउने तथा नियमित बचत गरी मासिक रुपमा तोकिएको रकम खाता भएका खातावाललाई आवश्यकताको आधारमा दुई लाख रुपैयाँसम्मको ऋण प्रवाह गर्न लागिएको हो । त्यस्ता खातावालले बढिमा एक महिनासम्म दुई लाख रुपैयाँ ऋण उपयोग गर्न पाउनेछन् ।

उक्त दुई लाखसम्म ऋण मोबाइल बैकिङ्गबाट समेत सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको जनाएको छ । साथै नयाँ खाता खोलेर उक्त ऋण सुविधा नपाइने समेत बैंकले जनाएको छ ।

उक्त ऋण लिने ऋणीलाई बीमाको थप भार समेत नपर्ने बैंकले जनाएको छ । अर्थात उक्त ऋणको बीमा नगरिएको बैंकले प्रष्ट पारेको छ । नेपालका बैंकबाट ऋण लिँदा कपितय क्षेत्रमा बीमा अनिवार्य गरिएको छ ।

 

3 thoughts on “सिटिजन्स बैंकका खातावालले बिनाधितो दुई लाख ऋण पाउने, यस्तो छ ऋण लिने प्रक्रिया

  1. Suresh budhathoki says:

    I need 2 lakh loan.
    I am private teacher our salar 25 thousand.

  2. कमला गौतम says:

    म भरखरै पेन्सिन बाट निस्केको हु र मेरो मासिक रुपैयाँ 18000 हजार आउँछ तो बैक मा खाता खुल्दा के मैले लोन पाउछु हजुर

  3. Jiwan Kumar Sharma Dhakal says:

    [email protected]

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*