३४ बीमा कम्पनी सामाजिक सुरक्षा कोषमा सूचिकृत, ३ सरकारीसहित ६ बीमा कम्पनी सूचिकृत हुन बाँकी

२१ जेष्ठ २०७८, शुक्रबार १०:५७

काठमाडौं । सामाजिक सुरक्षा कोषमा नेपालमा सञ्चालित ३४ वटा बीमा कम्पनी सूचिकृत भएका छन् । जसमा दुई विदेशी कम्पनीका शाखासहित नेपालमा दर्ता भएका ३२ वटा कम्पनी रहेका छन् । सरकारले तीन वर्षअघि देखि लागू गरेको सामाजिक सुरक्षा कोषमा योगदानका लागि रोजगारदाताको रुपमा तीन सरकारी लगानीका बीमा कम्पनीसहित आधा दर्जन कम्पनी भने दर्ता हुन जाने प्रक्रियामा रहेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी तीन वटै सूचिकृत भएका छैनन् । त्यस्तै नेपालमा सञ्चालित भारतीय बीमा कम्पनीको शाखा नेशनल इन्स्योरेन्स पनि आबद्ध भएको छैन । सामाजिक सुरक्षा कोषका अनुसार तीन जीवन बीमा कम्पनी, दुई निर्जिवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बाँकी छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि उक्त कम्पनीमा कार्यरत कर्मचारीहरुको भविष्य सुनिश्चित गर्न सरकारले बृद्धाअवस्थामा पेन्सन योजना लगायतका विभिन्न योजनाहरु समावेश गरेको छ । बीमा शैलीको सामाजिक सुरक्षा कोषलाई कतिपयले बीमाकै एउटा अंगको रुपमा लिँदै समेत आएका छन् ।

नेपालमा पनि बीमाको दायरा फराकिलो बनाउन सकेमा सामाजिक सुरक्षा कोषको औचित्य सकिने भन्दै एकरुपता ल्याउन समेत माग गरेका छन् । यद्यपि हाल सरकारले लागू गरेको उक्त योजनामा सबै रोजगारदाता कम्पनीहरु सहभागी हुनु अनिवार्य गरिएको छ ।

हालसम्म १४ हजार ५२ वटा कम्पनीहरु आबद्ध भइसकेका छन् । बैंक तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु भने उक्त कोषमा आबद्ध गर्न बाध्य बनाइए आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् । सामाजिक सुरक्षा कोषमा बैंकहरुको सहभागिता कम भएपनि बीमा कम्पनीहरुको सहभागिता भने उत्साहप्रद देखिएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका ३४ बीमा कम्पनीको सूचि,
जीवन बीमातर्फ
१. अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ)
२. सिटिजन लाइफ इन्स्योरेन्स
३. आईएमई लाइफ इन्स्योरेन्स
४. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)
५. महालक्ष्मी लाइफ इन्स्योरेन्स
६. नेशनल लाइफ इन्स्योरेन्स
७. नेपाल लाइफ इन्स्योरेन्स
८. प्रभु लाइफ इन्स्योरेन्स
९. प्राइम लाइफ इन्स्योरेन्स
१०. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
११. रिलायन्स लाइफ इन्स्योरेन्स
१२. सानिमा लाइफ इन्स्योरेन्स
१३. सन नेपाल लाइफ इन्स्योरेन्स
१४. युनियन लाइफ इन्स्योरेन्स
१५. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी (गण्डकी प्रदेश)
१६. सूर्या लाइफ इन्स्योरेन्स ( प्रदेश नं १)

निर्जिवन बीमा कम्पनीतर्फ
१. अजोड इन्स्योरेन्स
२. एभरेष्ट इन्स्योरेन्स
३. जनरल इन्स्योरेन्स
४. हिमालय जनरल इन्स्योरेन्स
५. आईएमई जनरल इन्स्योरेन्स
६. लुम्बिनी जनरल इन्स्योरेन्स
७. नेको इन्स्योरेन्स
८. नेपाल इन्स्योरेन्स
९. एनएलजी इन्स्योरेन्स
१०. प्रभु इन्स्योरेन्स
११. प्रिमियर इन्स्योरेन्स
१२. सगरमाथा इन्स्योरेन्स
१३. सानिमा जनरल इन्स्योरेन्स
१४. शिखर इन्स्योरेन्स
१५. सिद्धार्थ इन्स्योरेन्स
१६. दि ओरियन्टल इन्स्योरेन्स
१७. युनाइटेड इन्स्योरेन्स
१८. प्रुडेन्सियल इन्स्योरेन्स (प्रदेश नं २)

कोषमा आबद्ध हुन बाँकी बीमा कम्पनीहरु
१. राष्ट्रिय बीमा संस्थान
२. एशियन लाइफ इन्स्योरेन्स
३. गुराँस लाइफ इन्स्योरेन्स
४. राष्ट्रिय बीमा कम्पनी
५.नेशनल इन्स्योरेन्स (भारतीय बीमा कम्पनीको शाखा)
६. नेपाल पुनर्बीमा कम्पनी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*