उपत्यकामा एक साता निषेधाज्ञा थप, निजी सवारी जोरविजोरको आधारमा चल्ने

६ असार २०७८, आईतवार १८:२४

काठमाडौं। उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने भएको छ। एक साता निषेधाज्ञा थप भएपनि निजी सवारी साधन चल्ने भएको छ । उपत्यकाका तीन जिल्लाका अधिकारीहरुको केहीबेरअघि सकिएको बैठकले उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै असार ८ गतेदेखि जोरविजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

यस्तै, सीडीओहरुको बैठकले उपत्यकामा सबै खालका पसल तथा व्यवसाय समेत खोल्न दिने निर्णय गरेको छ । तर, त्यस्ता पसल तथा व्यवसाय खोल्ने समय भने तोकिने छ ।

त्यस्तै बैठकले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत पूर्ण रुपमा संचालन गर्ने निर्णय गरेको छ । बैठकले तत्काल स्कूल तथा शिक्षण संस्था खोल्न नदिने निर्णय गरेको छ । होम डेलिभरीको सर्भिस मात्र सुचारु गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*