बैशाख १७ गतेदेखि बन्द गरिएका सबै बीमा कम्पनी र बैंक असार ८ गतेदेखि खोल्ने उपत्यका प्रशासनको निर्णय

६ असार २०७८, आईतवार १८:४५

काठमाडौं । उपत्यकाका तीन वटै स्थानीय प्रशासनको आज बसेको बैठकले आगामी असार ८ गतेबाट राजधानी उपत्यकाभित्रका बीमा कम्पनी तथा बैंकहरुको सबै शाखाहरु खुल्ला गर्ने निर्णय गरेको हो ।

उपत्यका प्रशासनको निर्णय अनुसार बैंक, बीमा कम्पनीहरु, धितोपत्र बोर्ड, रेमिट्यान्स कम्पनीका शाखा कार्यालय, सहकारी संस्था, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी खुल्ला गर्ने निर्णय गरेको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले असार ८ गतेदेखि बीमा कम्पनी तथा बैंकसहितका सबै शाखा कार्यालय खुल्ला गर्न अनुमति दिइएको जानकारी दिए । ‘बीमा कम्पनी, बैंकका सबै शाखाहरु खोल्न पाउछन्, अवस्था हेरेर जोखिम देखेमा घटाउन पनि सक्छन्, सिडिओ पराजुलीले बीमापोष्टलाई भने ।

काठमाडौं प्रशासनको यस्तो निर्णयसँगै गत बैशाख १७ गतेदेखि बन्द बीमा कम्पनीका शाखा कार्यालयहरु समेत खुल्ने भएका छन् ।

ktm cdo curcular

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*