त्रिभुवन विमानस्थलमा हिमालयन एयरलाइन्सको एयरबस जोखिमपूर्ण अवतरण

७ असार २०७८, सोमबार १०:२८

काठमाडौं । आज विहानदेखि अभ्यासको क्रममा रहेको हिमालय एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा जोखिमपूर्ण तरिकाले अवतरण गराइएको छ । काठमाडौंस्थित विमानस्थलमा ठूलो जहाज भ्यालीभित्रै फन्कोमारेर अवतरण गर्नु जोखिमपूर्ण मानिन्छ । काठमाडौं विभानस्थलबाट ओभरसूट गरिएका जहाजहरु बाराको माथि पुगेर एस एप्रोच लिएर मात्रै पुनः त्रिभुवन विमानस्थलमा अवतरण गर्ने गरेका छन् । तर, आज विहान ९ः१५ बजे त्रिवि विमानस्थलबाट अभ्यास उडानको क्रममा उडेको जहाज काठमाडौंको थानकोट माथि पुगेर ललितपुरको सुनाकोठीबाट एप्रोच लिएर अवतरण गराइएको हो ।

हिमालय एयरलाइन्सको कल साइन ९ एन एएलडब्लु एयरबस ए ३२०–२१४ को जहाजले काठमाडौंका उपत्यकाको आकाशमा दर्जन बढि फन्को मारेपछि अवतरण गरेको हो । काठमाडौंै उपत्यकाभित्रै फन्को मारेर जहाज अवतरण गराउनुलाई चुनौतिपूर्ण मानिन्छ । यसअघि युएस बंगला एयरलाइन्सको सानो जहाज समेत सही एप्रोच नहुँदा त्रिभुवन विमानस्थलको धावनमार्गमै दुर्घटनाग्रस्त भएको थियो । त्यस्तै अवतरणको क्रममा खराव मौसमका कारण टर्कीस एयरलाइन्सको एयरबस ए– ३३० जहाज धावनमार्गबाट चिप्लिएको थियो ।


आज परिक्षणको क्रममा अवतरण गराइएको जहाज रित्तो थियो । स्रोतका अनुसार नगारिक उड्डयन प्राधिकरणका अधिकारीहरुको निगरानीमा जहाजको परिक्षण उडान गरिएको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*