देशैभरिका मोबाइल सेवा अबरुद्ध, नेपाल टेलिकमको सिष्टममा समस्या
९ असार २०७८, बुधबार ०६:५२

काठमाडौं । आज विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । विहान ६ः१५ बजेदेखि नेपाल टेलिकमको जिएसएम मोबाइल सेवामा समस्या उत्पन्न भएको हो ।
नेपाल टेलिकमको देशैभरिमा सञ्चालित पोष्ट पेड र प्रिपेड दुवै सेवा अबरुद्ध भएकोले सञ्चार सम्पर्क कठिनाई भइरहेको छ । नेपाल टेलिकमबाट मोबाइल सेवा लिइरहेका डेढ करोडभन्दा बढि सिमहरु सम्पर्क बिच्छेद भएका छन् ।