मेगा बैंकले किसानहरुलाई किसान कार्ड तथा कृषि कर्जा उपल्बध गराउने, यस्ता छन् सुविधा

९ असार २०७८, बुधबार १२:३१

काठमाडौँ । मेगाा बैंक लिमिटेडले । किसानहरुका लागी किसान कार्ड सहित कृषि कर्जा सहज रुपमा उपलब्ध गराउने भएको छ ।मेगा बैंकका हिमशिखर एग्रोसँगको सहकार्यमा उक्त सुविधा दिने सम्झौतामा हस्ताक्षर माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभाग प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले गरेका छन् ।

किसानलाई प्राथमिकता दिने गरी मेगा बैंकले हिमशिखर एग्रोसँग सम्झौता गरी कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु किन्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ । अहिले प्रदेश न १ का स्थानीयलाई सो सेवा मेगाको शाखा बाट दिन लागी सकेको र अब विस्तारै सबै प्रदेशमा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदान गर्न किसान कार्ड बाट कृषकले आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधि लगायतका समान तोकिएको पसलबाट खरिद गर्न सक्नेछन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*