प्रभु लाइफले माग गर्यो उपशाखा प्रमुख

९ असार २०७८, बुधबार १७:२८

काठमाडौँ । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले उप शाखा प्रमुखका लागी कर्मचारी माग गरेको छ ।प्रदेश न. २ का बैलबास, सिराह बजार, रामगोपालपुर, बिरेन्द्र बजार, कोल्वी, बरहथवा, बोडेबर्षाइन र ठोरी शाखा प्रमुख पदको लागी कर्मचारी मागेको हो ।

इन्स्योरेन्सले स्नातक वा सो भन्दा माथि परिक्षा उत्तिर्ण भएको हुनुपर्ने भनेको छ भने जीवन बीमा ब्यवसाय अनुभव भएको लाई बिशेष प्राथमिता दिईने र योग्यता क्षमताको आधारमा कर्मचारी पद आपसी समझदारीमा तय गरीने जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण तथा नागरिकता सहितको निवेदन इन्स्योरेन्सको इमेलमा सुचना प्रकाशित भएको ७ दिन भित्र पठाउन भनिएको छ ।छनोटको सबै अधिकार कम्पनीको हुने र छनोट भएको लाई इन्स्योरेन्सले नै सम्पर्क गरी अन्र्तवार्ताका लागी बोलाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*