३८ प्रतिशतले बढ्यो निर्यात, ११ महिनामा झण्डै १४ खर्बको आयात

१० असार २०७८, बिहीबार ०६:५३

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात ३८ प्रतिशतले बृद्धि हुन सफल भएको छ । त्यस्तै समीक्षा अवधीमा आयात २५.६७ प्रतिशतले बृद्धि भई १३ खर्ब ८५ अर्बको आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएकोमा यस वर्ष बृद्धि भएको हो । सबैभन्दा धेरै डिजेल, पेट्रोल र सवारी साधन आयात भएका छन् । कोरोना दोस्रो लहरका बीचमा देशको आयात लगातार बृद्धि हुने क्रममा रहेको छ । स्वदेशमा ठूला उद्योगहरु नहुनु, अधिकांश बस्तुमा परनिर्भरता भएकोले देशको आयात उच्च बिन्दुमा बृद्धि हुँदै आएको छ ।

चालु आवकोा ११ महिनामा कुल निर्यात १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्क छ । नेपालको निर्यात पहिलो पटक एक खर्ब नाघेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*