सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बीमा–बैंक वित्तीय संस्थाका कर्मचारीको घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्मचारीहरुको हित हुने प्रभावकारी व्यवस्था नभएको भन्दै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आबद्ध नहुने घोषणा गरेका छन् ।
बैंक वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने भन्दै सामूहिक बक्तव्य मार्फत जनाएका छन् । विभिन्न बैंकमा कार्यरत कर्मचारी संघ, बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको संघ तथा लघुवित्त कम्पनीमा कार्यरत कर्मचारीहरुको संगठनले आज संयुक्त बक्तव्य जारी गर्दै यथास्थितिमा सामाजिक सुरुक्षा कोषमा आबद्ध नहुने घोषणा गरेका हुन् ।
वक्तव्यमा उनीहरूले खाईपाई आएको सुविधा कटौती हुने र विभेदपूर्ण तरिकाबाट कोषमा आवद्ध हुन नसकिने स्पष्ट पार्दै जबरजस्ती कोषमा आवद्ध गराउने प्रयास गरिए त्यसविरुद्ध कडा आन्दोलनमार्फत प्रतिकारमा उत्रिने चेतावनी दिँदै उनीहरूले त्यसबाट हुने क्षतिको जिम्मेवार सरकार नै हुनुपर्ने बताएका छन् ।
बैंक तथा बीमा कम्पनी सम्बद्ध २९ वटा कर्मचारी संगठनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नसकिने भन्दै बक्तव्य निकालेर विरोध गरेका हुन् ।
Write
कर तिरेकाे पैसाले खाना नपुगने याे सरकारलाइ सबक सुकाउन केहि समय बैँक बितिय सस्था पुर्णा रुपमा हड्ताल गरेपछि बल्ल थाहा पाउँछ ।नभए याे अन्धाे बहिराे सरकार हाम्राे पिडा कहिलै सुन्दैन ।