असार ३१ गते साधारणसभा गर्ने नेको इन्स्योरेन्सको निर्णय, २१ करोड लाभांशका लागि बुक क्लोज मिति तोकियो

११ असार २०७८, शुक्रबार ०६:५४

काठमाडौं । आव २०७६।०७७ को बार्षिक साधारणसभा यही असार ३१ गते गर्ने नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गर्नुको साथै १६.३२ प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले सञ्चालक समितिको बैठकले यही असार ३१ गते २५ औ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

साधारणसभामा १६ दशमलब ३२ प्रतिशत लाभांसको प्रस्ताव लगिने भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश बापत वितरण गर्ने यसअघिको सञ्चालक समितिको बैठकले गरिसकेको छ ।

कूल चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेकोमा बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ नाघ्नेछ ।

बैठकले बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार साधारणसभा योजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुनेछ । नेप्सेमा भएको कारोबारको आधारमा असार १७ गतेसम्म कायम रहेका शेयर धनीले मात्र प्रस्तावित बोनस शेयर प्राप्त गर्न तथा आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

साधारणसभामा कम्पनीको चुक्ता पुँजि बृद्धि लगाएतका विधान संशोधन सम्बन्धी प्रस्ताव पनि विशेष प्रस्तावको रुपमा पेश हुने कम्पनीले आज जारी गरेको सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*