पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना संक्रमण पुष्टि

१३ असार २०७८, आईतवार १७:०८

काठमाडौं । पछिल्लो तथ्याङअनुसार कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । यस भन्दा अघिका दिनहरुमा २ हजार माथि संक्रमित संख्या थपिएकोमा पछिल्लो २४ घण्टामा संक्रमित संख्या घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी कुल १९२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना गरी उपत्यकामा मात्रै ४२४ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् भने ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्मको तथ्याङ्कमा ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*