युवा निर्यातकर्ता व्यवसायी संगठित

१४ असार २०७८, सोमबार ०८:२२

काठमाडौं । युवा निर्यातकर्ता व्यवसायीहरु संगठित भएर अघि बढेका छन् । आयात निर्यातकर्ता व्यवसायीको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत गौरव शारडाको नेतृत्वमा युवा बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको हो । नयाँ प्रविधिको अध्ययन, प्रभावकारी निर्यात सम्बन्धी रणनीति बनाएर अघि बढ्न युवा बिजनेश एक्जेक्युटिभ फोरमले नेतृत्व गर्ने जनाइएको छ ।

ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदानमार्फत व्यवसाय क्षेत्रका लागि योग्य युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए ।

सो फोरमको सल्लाहकारमा सुशील गुप्ता, उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएका छन् । नयाँ गठन भएको संस्थाको द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रवद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंल र फोरमका अध्यक्ष शारडाले संयुक्त रूपमा नयाँ फोरमको घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*