उपत्यकामा भोलीदेखि सार्वजनिक यातायात जोर बिजोर गर्दै चल्न पाउने

१४ असार २०७८, सोमबार १३:१४

काठमाडौं । भोली मंगलबारदेखि सार्वजनिक यातायात पनि जोर/बिजोर प्रणालीअनुसार चल्न पाउने भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको संयुक्त बैंठकले मंगलबारदेखि २५ वटा सिटभन्दा बढीका सार्वजनिक यातायातलाई जोर बिजारेका आधारमा चलाउन दिइने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार ती सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्न पाउने छन् । साथै स्वास्थ्य मापदण्ड पालना गनुपर्ने र सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाउने बैठकले निर्णय गरेको हो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताअघि देखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली सुरु गरेको थियो । सोही अनुसार भोली मंगलबारदेखि सार्वजनिक सवारी साधनमा पनि बोर बिजोर प्रणाली लागू भई थप एक साता निषेधाज्ञा लम्बिएको छ । निर्णयअनुसार लामो दूरीका सवारी साधन भने चल्न पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*