निषेधाज्ञा खुल्यो, भोलिबाट काठमाडौंमा बस सञ्चालन गर्ने प्रशासनको निर्णय

१४ असार २०७८, सोमबार १३:३८

काठमाडौं । भोलिदेखि राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सञ्चालन हुने भएको छ । आज विहान बसेको उपत्यकाको तीन वटै स्थानीय प्रशासनको बैठकले भोलि असार १५ गतेबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायातका साधनहरु बस गर्ने निर्णय गरेको हो ।

गत बैशाख १७ गतेदेखि बन्द भएको सार्वजनिक यातायात दुई महिनापछि खुल्ने भएका छन् । यद्यपि काठमाडौं प्रशासनले जारी राखेको निषेधाज्ञा पूर्ण रुपमा भने हटाएको छैन । सिनेमा घर, रेष्टुरेन्टहरु अझै निर्वाध रुपमा भने सञ्चालन हुने पाउने छैनन् ।

प्रशासनको निर्णय अनुसार २५ सिट भन्दा बढि क्षमताका सार्वजनिक बसहरु भोलिबाट आ–आफ्नो रुटमा सञ्चालनको लागि अनुमति दिइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विहान ६ बजेदेखि साँझ ७ बजेसम्म जोर बिजोर प्रणालीबाट सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*