सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्दै

१४ असार २०७८, सोमबार १३:३५

काठमाडौँ । सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्नेका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना तथा सञ्चालन कार्यविधि तयार गरेको छ । अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न मन्त्रालयले संघ एउटा, सबै प्रदेशमा एक एक वटा र हरेक जिल्लामा एक एक वटा गरी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने गरी कार्यविधि तयार पारेको छ ।

जस अन्र्तगत संघमा स्वास्थ्य सेवा विभागको आपूर्ति ब्यवस्थापन महाशाखा, प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र र जिल्लामा हरेक स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*